अर्को सुचना जारी नभएसम्मका लागी बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अर्को सुचना जारी नभएसम्मका लागी स्थगित भएको छ ।
सोमबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
प्रदेशसभाको सोमबार बिहान बसेको पहिलो बैठकले प्रदेश सरकारको आर्थिक विधेयक, पारित गरेको थियो ।
त्यस्तै, बिहानै बसेको प्रदेशसभाको दोस्रो बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए ।
उक्त विधेयक प्रदेशसभाको बैठकले सम्बन्धित समितिहरुमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ ।