संसदमा मुख्यमन्त्री पौडेलले दिए जवाफ

हेटौडा न्युज
२७ असार २०७८, आईतवार १३:५१
;

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा मूख्यमन्त्री डोरमणि पौडेलले विनियोजन विधेयकका विषयमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

आज आईतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलले विधेयकका सम्बन्धमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

उनले प्रदेश सरकारले स्थापना गर्ने आमसंचारगृहको विषयमा बोल्दै सरकारले छापाखाना स्थापना गर्न लागेको बताए ।

यस्तै अर्को विषय विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र बसको रुटसमेत तय गरिसकिने जवाफ दिए । सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा प्रतिपक्षी दलका सासंदहरुले चर्को विरोध गर्दे आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*