बजेट पास हुन नदिने हाम्रो मनसाय हैन, बजेट पास हुन्छ: नेता जमकट्टेल

मकवानपुर । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले बजेट पास हुन नदिने आफुहरुको मनसाय नरहेको बताएका छन् ।
आज शनिबार मुख्यमन्त्री निवासमा भएको छलफल पछि आफ्नो प्रतिक्रिया दिदैँ नेता जम्कट्टेलले बजेट पास हुन नदिने अवरोध गर्ने आफुहरुको मनसाय नरहेको बताएका हुन् । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको प्रतिपक्षी दलका सासंदहरुले चर्को आलोचना गर्दे पटक पटक संसद अवरुद्ध गर्दे आएपछि मुख्यमन्त्री डोरमणी पैडेलले बजेट पास गर्न आज माओवादी केन्द्र र काङ्ग्रेसका नेता सगँ छलफल गरेका हुन् ।
छलफल पछि नेता जम्कटेटेलले भने “ हाम्रा एजेण्डाहरु राखेका छौं , मुख्यमन्त्रीले के जवाफ दिनुहुन्छ त्यसमा भर पर्छ , बजेट पास नहुने भन्ने त कुरा छैन सरकार आफै बहुमतमा छ ,बजेट यसै पास हुन्छ , प्रतिपक्षले बजेटमा भएका कतिपय कुराहरु सच्याउनुस् जुन कुरा अहिले आवश्यक छैन , त्यसलाई परिमार्जन गरेर बजेट राम्रो बनाउनुस् भन्ने सुझाव मात्रै हो हाम्रो , बजेट फेल गराउने , बजेट पास हुन नदिने प्रक्रिया अवरुद्ध गर्ने हाम्रो मनसाय हैन”।
प्रदेशका प्रतिपक्षी दलका सासंदहरुले भिमफेदी कुलेखानी सुरुङमार्ग ,विद्युतीय बस सञ्चाल र प्रदेश सरकारको सञ्चार गृहको स्थापना लगाएतका विषयहरु बजेटमा समावेश भएकोमा असहमती जनाउदै आएका छन् ।
बजेट पास हुन नदिने हाम्रो मनसाय हैन, बजेट पास हुन्छ: नेता जमकट्टेल (भिडियो सहित)