बागमती प्रदेशसभाको बैठक आईतबार बस्ने

मकवानपुर । आज शनिबार बस्ने भनिएको प्रदेशसभाको बैठक आईतबारका लागि सारिएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७÷०७८ को बजेटमाथि प्रतिपक्षी दलहरूले चर्को आलोचना गर्दै पटक पटक संसद अवरुद्ध गर्दै आएका थिए ।
आज शनिबार मुख्यमन्त्री निवासमा बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल र नेपाली काङ्ग्रेसका नेता ईन्द्र बानियाँ सहितका नेताहरु सँगको छलफलले आईतबार प्रदेशसभाको बैठक बोलाउने निर्णय हो ।
आईतबार दिउँसो ३ बजेका लागी प्रदेश सभाको बैठक बोलाईएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।