“कमिसन खानेलाई थाहा होला हामी जान्दैनौं: मन्त्री फुयाँल
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विद्युतीय बस खरिद प्रक्रियामा प्रदेश सरकार कुनै कमिसनको खेलमा नपरेको दाबी गरेका छन् ।
शुक्रबार पत्रकार सँग भेटघाट गर्दे मन्त्री फुयाँलले प्रदेश सरकारले खरिद गर्ने विद्युतीय बस खरिद प्रक्रियामा सरकार कुनै कमिसनको खेलमा नपरेको दाबी गरेका हुन् ।
उनले भने “विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले कानुनी प्रक्रिया पुरा गरेर अन्तराष्ट्रिय बोलपत्र आवहन गरेको छ , अहिले बस खरिद भैसकेको छैन ,खरीद नै नभई के को कमिसन हुन्छ?,कमिसन खानेहरुलाई थाहा होला हामीलाई थाहा छैन” ।
बागमती प्रदेशका विपक्षी दलका सासंदहरुले विद्युतीय बस खरीदमा कमिसनको खेल रहेको भन्दै बजेट पास हुन नदिने चेतावनी दिदैँ आएका छन् ।
विपक्षीदलहले प्रदेशसभाको बैठक समेत अवरुद्ध गर्दे आएपछि विद्युतीय बसका विषयमा देशव्यापी रुपमा चर्चा भैरहदाँ मन्त्री फुयाँलले पत्रकार सँग शुक्रबार भेटघाट गरेका हुन् ।
“कमिसन खानेलाई थाहा होला हामी जान्दैनौं: मन्त्री फुयाँल ( भिडियो सहित)