मकवानपुरमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल

मकवानपुर । कारोना भाईरस सङक्रमण न्युनिकरण गर्न जारी गरिएको निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ ।
गत बैशाख २१ गतेबाट मकवानपुरमा जारी निषेधज्ञाको कारण रोकिएको सार्वजनिक यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको हो । बिहिबार हेटौँडामा बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
उनले संक्रमणको दरमा कमी भैरहेको अवस्थामा असार २७ गते आईतबारबाट सार्वजनिक यातायात सञ्चालनामा ल्याउन सकिन्छ कि भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
यस विषयमा निर्णय हुन बाकीँ रहेको उनले बताए । लामो समयबाट यातायात बन्द हुँदा यातायात ब्यवसायी मारमा परेको भन्दै ब्यवसायीहरुले स्वाथ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका छन् ।