बागमती प्रदेशसभाको बैठक असार २६ गते शनिबार बस्ने

हेटौडा न्युज
२३ असार २०७८, बुधबार १७:३२
;

मकवानपुर । बागमती प्रदेश सभाको बैठक असार २६ गते शनिबारका लागी बोलाईएको छ ।

अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार असार २६ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाईएको छ ।

प्रतिपक्ष दलको अवरोधका कारण प्रदेशसभाका बैठक असार २१ गते सोमबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।

प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । असार २५ गते शुक्रबार दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको वैठक आह्वान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*