बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागी स्थगित

मकवानपुर । विपक्षि दलहरूको अवरोधका कारण बागमती प्रदेशसभाको सोमबारको बैठक स्थगित भएको छ ।
सोमबारको बैठक सुचारू भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षि दल माओवादीका नेता शालिकराम जम्मकटेललाई बोल्न समय दिएका थिए ।
उनले मूख्यमन्त्रीसंग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभई बैठक अघि नबढाउन सभामुख संग आग्रह गरेका थिए ।
सांसदहरूले बैठकमा उठेर अवरोध गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख श्रेष्ठले जानकारी दिए ।