७ जना कांग्रेसमा प्रवेश

हेटौडा न्युज
१८ असार २०७८, शुक्रबार १६:४२
;

मकवानपुर । एमाले मकवानपुर नेता खेमराज सापकोटा सहित ७ जना कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, गाउँ कमिटी सदस्य देवराज सापकोटा, युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, युवा संघ जिल्ला सचिवालय सदस्य केशवप्रसाद सापकोटा र एमाले संगठित सदस्य तिर्थराज हुमागाई रहेका छन् ।

उनीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*