रुपा सुनार प्रकरणः शिक्षामन्त्रीलाई प्रधानमन्त्रीले भने “अब यस्तो नगर्नुस्”

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले दलित भएको कारण घरभाडामानदिने भन्दै रुपा सुनारलाई जातिय विभेद् गर्ने काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई हिरासतमा छुटाउन पुगेको विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।
हिरासतमा रहेकी प्रधानलाई गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो काम नगर्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराईएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।
३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई शिक्षामन्त्री श्रेष्ठले आफ्नै सवारीमा लिफ्ट दिएका थिए । यस विषयको देशभर सर्वत्र आलोचना हुँदै आएको छ ।