हेटौंडा उपमहानगरको आँखा अस्पताललाई दश लाख सहयोग

हेटौडा न्युज
६ असार २०७८, आईतवार १५:५४
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आँखा अस्पतालमा आँखा जाँच गराउने मेसिन स्लीपल्याण्ड खरिद गर्नका लागि दश लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा मेसिन नहुँदा पहिले देखिनै बिरामी जाँच गराउन आउँदा लाइनमा वस्नुपर्ने बाध्यता रहेको र अब भने यो बाध्यता हटेको छ । मकवानपुर र आसपासका जिल्लाहरु, प्रदेश–२ का जिल्लाहरुबाट र भारतको रक्सोलबाट समेत आँखा अस्पतालमा आँखाको जाँच गराउन आउने बिरामी बढेकाले उनीहरुको सहयोगका लागि मेसिन खरिद गर्नका लागि दश लाख रुपैयाँ सहयोग गरिएको मेयर महतको भनाई रहेको छ ।

मेयर महतले नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ एवम् अस्पताल प्रमुख डा. सुनिल थकालीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*