सांसद बैद्यलाई पक्राऊको माग गर्दै यूवासंघको प्रहरीमा उजुरी

मकवानपुर । प्रदेश सभा सदस्य नरोत्तम बैद्यलाई पक्राऊको माग गर्दै मकवानपुर प्रहरीमा उजुरी दर्ता भएको छ । राष्ट्रिय यूवा संघ नेपालका सन्तोष चौलागाई नेतृत्वसहितको टोलीले आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको हो ।
प्रदेश सरकारको हिजोको नीति तथा कार्यक्रममा सांसद बैद्यले प्रधानमन्त्री केपी ओलीलाई महात्मा गान्धीलाई नात्थुराम गोड्सेले हत्या गरे जस्तै गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको विवादास्पद भनाई राखेका थिए ।
संघले दिएको जाहेरीमा मुलकी अपराध संहिता अनुसार हत्या विरुद्धको अपराधमा जन्मकैद हुने र हत्या नभई सकेको अवस्थामा जन्मकैदको आधा सजाय हुने भएकोले सोही बमोजिमको कार्वाहीको माग गर्दै जाहेरी दिईएको छ ।
जाहेरीः