लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

हेटौडा न्युज
१९ बैशाख २०७८, आईतवार ०९:५३
;

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष केहीबेर अघि राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । पोखरेलले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।

संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । दाङ २ (क) बाट चुनाव जितेका पोखरेल गत २०७४ फागुन ३ गते मुख्यमन्त्री भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*