बागमती प्रदेशमा राज्यमन्त्रीसहित नयाँ ४ मन्त्री

हेटौडा न्युज
१५ बैशाख २०७८, बुधबार १७:१७
;

मकवानपुर । बागमती प्रदेश सरकारमा आजबाट ४ मन्त्रीहरुले सपथ लिएका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले केशवराज पाण्डे आन्तरिक मामिला मन्त्री, सरेश नेपाल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, सरस्वती बस्नेत सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ गराएका छन् ।

गत पौष १० गते अविश्वासको प्रस्ताव दर्ता गरी तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमती प्रदेशका तीन मन्त्रालय मन्त्री विहिन रहेको थियो । बागमती प्रदेश सरकारमा पहिलो पटक राज्यमन्त्री नियुक्त भएका छन् । तत्कालिन मन्त्रीहरुले राजिनामा गरेपछि तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*