वाइसिएलको भेला थाहा नगरमा, ४१ सदस्यीय कमिटी गठन

मकवानपुर । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को थाहा नगर भेला योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को थाहा नगर भेला आज शनिबार सम्पन्न भएको छ । वाईसिएल नेपालका केन्द्रीय सचिव तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै पाण्डेले यूवाहरु वायु जस्तै हुनु पर्ने र यूवाहरुलाई अहिलेको बैज्ञानिक, प्राविधिक दक्षतासहित अगाडि बढ्न आग्रह गरेका छन् । भेलामा विशेष अतिथि नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले समाजलाई उन्नत बनाउन यूवाको भूमिका महत्वपूर्ण हुने हुनाले पार्टी र यूवाबीच नङ्मासु जस्तो सम्बन्ध हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
भेलाले मानसिं दोङको अध्यक्षता मा ४१ सदस्यीय थाहा नगर कमिटी समेत गठन गरेको छ । कमिटीको उपाध्यक्षमा उत्तम थापा, दिवाकर गोपाली, संग्राम बिष्ट, सचिवमा युवराज बिष्ट, कोषाध्यक्षमा देवकी तामाङ, सहसचिवमा कृष्णमान लो, राजीबबिक्रम खड्का, सदस्यमा सुबिन्द्र गोपाली, युवराज थिङ, रबि कार्की, अरुण मोक्तान, पुर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारीलाई चयन गरिएको जनाईएको छ ।
भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, सह इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसियल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझी लगायतको सहभागिता रहेको थियो ।
(सञ्चारकर्मी राजकुमार के.सी.को सहयोगमा)