थाहामा माओवादीले संगठन विस्तार गर्ने

हेटौडा न्युज
८ बैशाख २०७८, बुधबार ११:१५
;

मकवानपुर । माओवादी केन्द्रले आफ्नो संगठन बिस्तार गर्ने निर्णय सहित थाहा नगरपालिका वडा नम्बर ३ को बैठक सम्पन्न गरेको छ ।
बैठकमा माओबादी केन्द्रका मकवानपुर सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टले पार्टीको सबै जनबर्गिय संगठनलाई चुस्त दुरुस्त बनाउन संगठन विस्तार गर्नुपर्ने बताएका छन् ।

थाहा नगरपालिकाको विकास घरमा भएको बैठकमा पार्टीको वडा न ३ का बिभिन्न टोलमा ४ वटा टोल कमिटि गठन गर्ने, जनवर्गीय संगठनहरुको गठन तथा परिचालन गर्ने निर्णय भएको नेकपा (माओबादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जानकारी दिएका छन् ।

पार्टी अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टको प्रमुख अतिथ्यता रहेको थियो । बैठकमा नगर सचिबालय सदस्य राजिब स्याङतान, प्रेस संगठन नेपालका राजकुमार के.सी. जनप्रतिनिधि भरत लामा , वाइसियल थाहानगर इन्चार्ज राजकुमार कार्की, संयोजक मानसिंह दोङ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*