‘पिडौला भाषण’ गर्ने रघुजी पन्तविरुद्ध ओलीको मुद्दा दायर

हेटौडा न्युज
२५ फाल्गुन २०७७, मंगलवार १५:१३
;

मकवानपुर । राष्ट्रियसभा सदस्य कोमल वलीले पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध आफूमाथि लैङ्गिक हिंसाजन्य कार्य गरेको भन्दै मुद्दा दायर गरेकी छिन् । ओलीले नेता पन्तविरुद्ध आज मंगलबार जिल्ला अदालत, काठमाडौंमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन् । मुद्दामा ४ बर्ष कैद, ४० हजार रुपैया जरिवाना माग गरिएको छ ।

नेता पन्तले केही दिन अघि एक सार्वजनिक कार्यमममा कोमल ओलीले पिडौंला देखाए् राष्ट्रिय सभा सदस्य भएको अभिव्यक्ति दिएका थिए । अभिव्यक्ति दिएपछि नेता पन्त विवादमा परेका थिए । नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् ।

तर नेता पन्तले आफ्नो भनाईको आशय त्यस्तो नभएको प्रष्टिकरण दिए पनि आफूसँग माफी नमागेको भन्दै मुद्दा दायर गरेको बताएकी छिन् । राष्ट्रिय सभा सदस्य ओलीले आफू मात्र नभई समग्र आमा दिदीबहिनीलाई चोट पुगेकाले मुद्धा दर्ता गर्ने निर्णयमा पुगेको बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*