राक्सिराङले स्थानीय पाठ्यक्रम लागू गर्ने, पहिलो चरणमा कक्षा ५ सम्म

हेटौडा न्युज
८ फाल्गुन २०७७, शनिबार १०:१२
;

मकवानपुर । राक्सिराङ गाउँपालिकाले पालिका भित्रका सबै ५२ वटा सामुदायिक विद्यालयहरुमा स्थानीय पाठ्क्रम लागू गर्ने भएको छ । स्थानीय रहनसहन, संस्कृति, रीतिरिवाज, भौगोलिक जानकारी सहितको विषयवस्तु समेटिएको पाठ्क्रम लागू गर्ने भएको हो । गाउँपालिकाले पहिलो चरणमा स्थानीय उपलब्ध सामग्रीबाट नै सिकाई सरलीकरण प्रकृयाको लागि सबै विद्यालयका इसिडि कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी शिक्षकशिक्षिकाहरुलाई १ महिने कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

जापान सरकारको शान्ति भोलेन्टियर एशोसियसनको सहयोग र समुन्नत नेपालको प्राविधिक सहयोगमा प्रशिक्षण दिएको हो । पालिकाले सामुदायिक विद्यालयका ५२ जना प्रधानाध्यापक र करीब ९५ जना विषयगत शिक्षकशिक्षिकाहरुलाई गत माघ ५ गते देखि हिजो फाल्गुण ७ गतेसम्म विभिन्न समूहमा प्रशिक्षण दिएको हो ।

हिजो विहिबार सम्पन्न प्रशिक्षण कार्यक्रममा पालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ, जिल्ला शिक्षा समन्वय इकाईका कृष्णप्रसाद पौडेल, पालिकाका विद्यालय निरीक्षक प्रदीप पराजुली, जापान सरकारको तर्फबाट शान्ति भोलेन्टियरका कन्ट्री डाईरेक्टर ताका फूमि मियाके, समुन्नत नेपालका कार्यक्रम संयोजक तथा प्रशिक्षक युवराज लौडारी लगायतको उपस्थिति रहेको थियो । पालिकाले प्रशिक्षणमा सहभागि शिक्षकशिक्षिकाहरुलाई प्रमाणपत्र तथा शैक्षिक सामग्री समेत वितरण गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*