मयुरधाप औद्योगिक क्षेत्रको सार्वजनिक सुनुवाई

आफूहरुलाई रोजगारीमा प्राथमिकता दिन स्थानीयको माग
हेटौडा न्युज
६ फाल्गुन २०७७, बिहीबार १७:००
;

मकवानपुर । नेपाल सरकारको स्वामित्व रहेको मयुरधाप औद्योगिक क्षेत्र परियोजनाले क्षेत्रभित्र उद्योग सञ्चालनपछि आउने प्रभावका बारेमा स्थानीय नागरिकहरुसँग आज सार्वजनिक सुनुवाई गरेको छ । हेटौंडा वडा नम्बर १३ र १४ मा १ सय ३४ दशमलब ८६ हेक्टर क्षेत्रफलमा रहेको औद्योगिक परिसरमा करीब ५ दर्जन बढी उद्योग प्लान्ट रहने जनाईएको छ ।

सो औद्योगिक क्षेत्रबाट उत्पन्न हुने वातावरणीय प्रभावलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका नागरिकहरुको धारणा बुझ्न र सोही अनुसार गर्न छलफल आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार स्याङ्तान, १४ का अध्यक्ष दीपक खड्का, परियोजनाका निर्देशक सञ्जयलाल मानन्धर, पर्सा राट्रिय निकुञ्जका मनोजकुमार साह, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि करीब ७ अरब २ करोड ३४ लाख रुपैया लाग्ने अनुमान गरिएको छ भने औद्योगिक क्षेत्र सञ्चालनपछि दक्ष, अर्धदक्ष र अदक्ष गरी करीब १० हजारजनाले रोजगारी पाउने बताईएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*