मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै प्रचण्ड–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्ने भएका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्ने भएका हुन् ।
उनीहररुले आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।
प्रचण्ड–नेपाल पक्षले संसद विघटन र महँगी जस्ता मुद्दा उठाउँदै आजको विरोध कार्यक्रम राखेको हो ।
मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।
भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरु रहने छन् ।
सरकारबाट गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।