नेपाली कांग्रेसको हेटौंडामा विरोध सभा

मकवानपुर । सरकारले गरेको संसद विघटन संविधान विपरित रहेको भन्दै नेपाली कांग्रेस मकवानपुरले आज हेटौंडामा विरोध प्रदर्शन गरेको छ । ओली सरकार सर्वसत्तावाद र भ्रष्ट्राचारीहरुको संरक्षक रहेको भन्दै प्रदर्शनमा नारा लगाईएको थियो ।
बागमती प्रदेश सभाका विपक्षी दलका नेता तथा पार्टीका मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको नेतृत्वमा जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली मानसचोक, चौकीटोल हुदैं मकवानपुर उद्योग वाणिज्य संघको भवन अगाडी विरोध सभा गरिएको थियो ।
विरोध सभामा सभापति बानियाँले वर्तमान सरकारले गरेको संसद विघटन संविधानको मर्म विपरित रहेको धारणा व्यक्त गरेका थिए । आजको विरोध र्यालीमा प्रदेश सभा सदस्य सन्त चेपाङ, जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसको केन्द्रीय निर्णायानुसार आज देशभर विभिन्न विरोध सभाहरु गरिएको छ ।
तस्वीरहरुः