संसद विघटनको विरोधमा काँग्रेसले हेटौंडामा सभा गर्ने

निर्वाचन नै भए काँग्रेस पछि हट्दैन-सभापति बानियाँ
हेटौडा न्युज
२ फाल्गुन २०७७, आईतवार १६:१३
;

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले केपी ओली सरकारले गरेको संसद विघटनको विरोधमा भोलि हेटौंडामा सभा गर्ने भएको छ । विद्यमान संविधानको विपरित संसद विघटन गरिएको ठहर गर्दै काँग्रेसले विरोध र्यालीसहित उद्योग वाणिज्य संघ चौकमा विरोध सभा गर्ने पार्टीका प्रवक्ता प्रदीप कोईरालाले बताएका छन् ।

आज पार्टी कार्यालय हेटौंडामा गरिएको पत्रकार सम्मेलन मार्फत जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सरकारले संविधान माथि नै कुठाराघात गरेको आरोप लगाउँदै तत्काल संसद पुनस्र्थापना हुनु पर्ने माग समेत गरेका छन् ।

सभापति बानियाँले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने भएकाले अदालतले विघटनलाई नै मान्यता दिए निर्वाचनबाट आफूहरु पछि नहट्ने समेत बताएका छन् । नेपाली काँग्रेसले भोलि विहान साढे ११ बजे पार्टी कार्यालयबाट र्यालीसहित नगर परिक्रमा पछि विरोध सभा गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*