प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गरेको छ: प्रदेश प्रमुख प्रसाई

हेटौडा न्युज
२९ माघ २०७७, बिहीबार १९:३६
;

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश सरकारले संविधानको मर्म र भावनालाई बुझेर अघि बडिरहेको बताएका छन् । बागमती प्रदेश सरकारको तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारले संविधानको र्मम र भावना अनुरसार आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक जनताको माझमा लैजान गरेको प्रयास जनमुखी रहेको बताएका हुन् ।

प्रदेश सरकारले अहिले राजनीतिक आन्दोलन होइन शान्तिपूर्ण रुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चालेको बताए ।

उनले प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुबर्षिय योजना कार्यान्वयन गर्न गरिएको प्रयास जनताबीच लोकप्रिय रहेको बताए ।

त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको ३ वर्षको अवधिमा सरकारले प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकास योजनाको बाँडफाड, त्यसको कार्यान्वयन, बजेट विनियोजन लगायतका काम गरेर जनतालाई आर्थिक समृद्धितर्फ उम्मूख गराउने भूमिकामा बहुबर्षीय योजना कार्यान्वयन भइरहेको बताए ।

प्रदेश सरकार २०७४ साल माघ २९ गते गठन भएको र सोही दिन मुख्यमन्त्री पदमा प्रदेशसभाका जेष्ठ सदस्य डोरमणि पौडेलले मुख्यमन्त्री पदको सपथग्रहण गरेका थिए ।

साथै बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाले सरकारलाई आवश्यक पर्ने ५८ वटा विभिन्न ऐन कानूनको तर्जूमा गरिसकेको र ११ वटा ऐनहरु संशोधनको लागि तयारी अवस्थामा राखिएको उल्लेख गरे ।

उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख प्रसाईँले बागमती प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश सरकारको ३ वर्षको तथ्याङ्क समावेश पुस्तक र प्रदेश नीति योजना आयोगद्वारा प्रकाशित प्रदेश विकास सम्बन्धि पुस्तकको विमोचन गरे ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, शहिद गंगालाल हृदय रोग प्रतिष्ठानका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारी र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सचिवालयका सचिव राधिका अर्यालले प्रदेश सरकारले ३ वर्षमा गरिएको आवधिक योजना अनुसार कार्यान्वयन भइरहेको र जनतालाई अहिले स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययनको लागि अवसर प्रदान गर्न विभिन्न रणनीति योजनाहरु कार्यान्वयन भइरहेको बताए ।

प्रदेश सरकारले वार्षिक उत्सवको उपलक्ष्यमा १५ जना निजामती कर्मचारीहरुलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा क्रमश भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव अक्षयगोपाल श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाई, भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत पेशल कुमार पोखरेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत नवराज पुडासैनीलगायतका अन्य कर्मचारीहरु रहेका थिए ।

त्यस्तै सामाजिक सेवातर्फ मामाघर नेपालका संस्थापक संरक्षक अर्पण पराजुली, पत्रकारतर्फ नेपाल टेलिभिजनका मकवानपुर संवाददाता दिपेन्द्र रोक्का क्षेत्री, शिक्षकतर्फ आधुनिकमा माविका प्रधानाध्यापक वीरवंश बैठा, महिला हिंशा न्यूनिकरणतर्फ सरिता विश्वकर्मा, मगर सांस्कृतिक प्रतिष्ठान भीमफेदी, युवा बैज्ञानिक सरोज प्रजालगायतलाई पुरस्कृत गरिएको हो ।

प्रदेश सरकारले विशिष्ट योगदान पुर्याएबापत प्रदेश मुख्यमन्त्री परिषदका प्रमुख सचिव डा.मानबहादुर विश्वकर्मा, प्रदेश प्रहरी नायब महानिरीक्षक बसन्त लामा लगायतलाई सम्मान समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*