नेतृ झाक्री पक्राउको विरोधमा हेटौंडामा प्रदर्शन

मकवानापुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधब समुहकी नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गरेको विरोधमा हेटौंडामा प्रदर्शन भएको छ । सो समुह निकट विद्यार्थी संगठनले हेटौंडामा विरोध प्रदर्शन गरेका हुन् ।
बिहिबार हेटौंडाको बुद्ध चोकमा विद्याथीहरुलले नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् । सो समुहका केन्द्रीय नेतासहिको उपस्थितीमा विरोध प्रर्दशन गरेको थियो ।
प्रधानमन्त्री केपि शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विधटन गरेपछि लगातार विरोधमा निस्कीएको सो समुहकी नेतृ झाक्रीले दिएको अभिव्यक्तीका आधारमा माहानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
झाँक्रीले गोरखाको विरोध कार्यक्रममा दिएको अभिव्यक्तीका आधारमा पक्राउ गरीएको हो । सो कार्यक्रमा झाक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु ः निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’