नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ, विचार गर्नुस्ः प्रचण्ड

हेटौडा न्युज
२८ माघ २०७७, बुधबार १७:११
;

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ‘ग्रीन रिभोलुसन’ हुने बताएका छन् । आज काठमाडौंको भृकुटिमण्डपमा भएको विरोध सभामा बोल्दै प्रचण्डले नेपालमा ‘ग्रिन रिभोलुशन’ हुने चेतावनि दिएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको सो समुह विरोधमा उत्रिएको छ । बुधबार काठमाडौंमा आयोजित विरोधसभामा प्रचण्डले संविधान, कानुन र जनमतको अपमानले देश दुर्घटना तिर गएको भन्दै यसले ग्रीन रिभोलुसन निम्त्याउने चेतावनी दिएका हुन् ।

उनले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको बाटो बन्द गरेको भन्दै संविधान मिचेर आफैँ ठूला कुरा गरेर हिँड्दैमा त्यसले वैधानिकता नपाउने बताए ।

प्रचण्डले संविधानलाई नै लत्याएर प्रधानमनत्री केपि ओलीले गरेको सो कदमलाई अदालतले सच्याउँने बताए । उनले अदालतले पनि सो कदमको विरुद्धमा काम नगरे त्यस पछिको अवस्था बारे सोच्न चेतावनी समेत दिए ।

उनले भने “संविधान कुल्चिएर ओलीले प्रतिनिधिसभा विघटन गरेका छन्, त्यसलाई अदालतले सच्याउँछ,” प्रचण्डले भने, “सच्याएन भने के हुन्छ सोच्नुहोला ।”

उनले प्रतिगमनको विरुद्ध जनताहरु सडकमा आएको बताए । उनले भने ‘अन्याय सहन यो जनसागर सडकमा आएको होइन, शान्तिपूर्ण विद्रोह हुन्छ, अहिले त्यसलाई ग्रीन रिभोलुसन भन्छन् क्यारे ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*