काठमाडौंमा प्रचण्ड–नेपाल पक्षको विरोधसभा सुरु

हेटौडा न्युज
२८ माघ २०७७, बुधबार १४:१६
;

काठमाडौं । प्रचण्ड–माधब समुहको नेकपाको विरोधसभा काठमाडौंमा सुरु भएको छ । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले जुलुससहितको विरोध सभा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।

काठमाडौंको पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिएको थियो ।

विरोध सभामा सहभागी हुन नेकपाले गाउँ–गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दै आएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। पार्टीको दुई समूहले आ(आफ्नो पक्षका प्रदर्शन र सभालाई निरन्तरता दिँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*