वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव

हेटौडा न्युज
२७ माघ २०७७, मंगलवार ११:४९
;

काठमाडौं । सरकारले पहिलो चरणमा ४ वटा प्रदेशका ४० जिल्‍ला र दोस्रो चरणमा ३ वटा प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी बैशाख १७ गते पहिलो चरणमा ४ वटा प्रदेशका ४० र २७ गते दोस्रो चरणमा ३ वटा प्रदेशका ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो ।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ भने वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको हो।

गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनका लागि राष्ट्रपति समक्ष सिफारीस गरेका थिए ।

प्रधानमनत्री ओलीले तिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।

त्यसपछि संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेका थिए। ती रिटहरुको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*