राप्रपा हेटौंडा–४ को युवा संगठनको अध्यक्षमा खड्का

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा–४ को वडाको युवा भेला सम्पन्न भएको छ । आज भएको संगठनको वडाको युवा भेलाले संगठन पुनर्गठनसमेत गरेको हो ।
भेलाले युवराज खड्काको अध्यक्षतामा १५ सदस्य समिति गठन गरेको छ ।
प्रजातान्त्रिक युवा संगठनका बागमती प्रदेश अध्यक्ष दामोदर वाग्लेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । भेलामा संगठनका जिल्ला अध्यक्ष शुक्रराज प्रजा, नगर अध्यक्ष भृगु कार्की लगायतकाको आतिथ्यता रहेको थियो ।
क्षेत्रीय अध्यक्ष उमेश थापाको सभाअध्यक्षता भेला सम्पन्न भएको थियो ।