नारायणहिटी अगाडि ‘ओलीसभा’को तयारी पुरा

हेटौडा न्युज
२३ माघ २०७७, शुक्रबार १२:४५
;

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौंमा जनसभा आयोजना गरेको छ । जनसभालाई प्रधानमन्त्री केपी हर्मा ओली सहित शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओली समुहले काठमाडौंको नारायणहिटी राजदरबार अगाडि सभा आयोजना गरेको गरेको छ । सभामा नेता-कार्यकर्ता तथा समर्थकहरू जम्मा हुने क्रम जारी रहेको छ ।

केही बेरमा सुरू हुने सभाको सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

सभा आयोजना गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ भने पोलपोलमा सभाका पोस्टर झुण्ड्याइएका छन् ।

जनसभामा काठमाडौँ उपत्यकाका साथै बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ताहरु र समर्थकहरु सहभागी हुने उनले बताइएको छ ।

सभामा करिब तीन लाख मानिस सहभागी हुने ओली समुहको दाबी रहेको छ ।

जनसभाका लागि काठमाडौँ उपत्यकाका त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, बागबजार, प्रदर्शनी मार्ग, घण्टाघर, न्यूरोड, टेकु, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*