संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्चमा सभामुख

काठमाडौँ । सभामुख अग्नि सापकोटा संवैधानिक नियुक्ति विरुद्धको रिट लियर सवोच्च अदालत पुगेका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्त संविधानविपरीत भएको भन्दै सभामुख सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
संवैधानिक नियुक्ति विरुद्ध सभामुख सापकोटा आफै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
उनले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पेस गरेका छन् ।
सभामुख सापकोटाले रिट निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय र उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न माग गरेका छन् ।