प्रचण्ड–माधब समुहको बन्दको मकवानपुरमा आंशिक प्रभाव

हेटौडा न्युज
२२ माघ २०७७, बिहीबार १८:१४
;

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समुहको आमहड्ताको प्रभाव मकवानपुरमा आंशिक रुपमा परेको छ । प्रधान मन्त्री के.पी. शर्मा ओली ले एक तर्फी रुपमा प्रतिनिधी सभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले गरेको देशव्यापी बन्दको प्रभाव मकवानपुरमा पनि आंशिक रुपमा परेको हो ।

मकवानपुरमा बन्दका कारण भाडाका सवारीसाधनहरु ठप्प थिए भने निजी सवारीसाधनहरु संचालनमा थिए ।

बन्दका कारण मकवानपुरका मुख्य बजारहरु आंशिक रुपमा खुला रहे भने शिक्षण संस्थाहरु पुर्ण रुपमा बन्द रहे पनि परिक्ष भने संचालन भएको थियो ।

प्रहरीले अप्रिय घटना नहोस भन्ने उद्देश्यका साथ मुख्य बजार क्षेत्रमा यातायातका साधनलाई पुर्ण रुपमा रोक लगाएको थियो । प्रहरीले प्रदर्शनकारीलाई थप उत्तेजित हुन नदिन हेटौंडा बजारको चारै दिशाबाट आम नागरिक र सवारी साधनलाई वैकल्पिक व्यवस्था गरी प्रदर्शनकारीलाई हेटौंडाको मुख्य बजार क्षेत्रमा सिमित गरेको थियो ।

प्रदर्शनकै क्रममा प्रहरीले प्रदर्शनकारी माथि प्रहार भएको धारिलो हतियार (खुकुरी) सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धारिलो हतियारसहित हेटौंडा उपमहानगरपालिका–५ बस्ने वर्ष २१ को दिलिप महतलाई नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*