स्कुटर चढेर बन्दको निरीक्षणमा माधव नेपाल

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समुहका अध्यक्ष माधवकुमार नेपाल स्कुटर चढेर बन्दको निरीक्षणमा निस्किएका छन् । नेपाल स्कुटर चढेर पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका हुन् ।
बिहीबार बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल निरीक्षणमा निस्किएका छन्।
अध्यक्ष नेपाल उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गर्ने बताइएको छ।
आमहड्तालकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान पुल्चोकमा धर्ना बसेका थिए। धर्नापछि कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले फागुनको पहिलो साताबाट संयुक्त संघर्ष हुने र ओली सरकारलाई ढाल्ने बताएका छन् ।
सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गरेको हो।
अहिलेसम्म देशभर बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ।