विद्यार्थी नेता शिवाकोटी प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
२२ माघ २०७७, बिहीबार ११:३९
;

मकवानपुर । नेकपा प्रचण्ड–माधब समुह मकवानपुरका विद्यार्थी नेता रामकृष्ण शिवाकोटीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ । प्रचण्ड–माधब समुहले आह्वान गरेको आमहड्तालमा प्रदर्शनमा निस्केका शिवाकोटीलाई हेटौंडाको बुद्ध चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिवाकोटी तत्कालीन माओवादी केन्द्रको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) क्रान्तिकारीका मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष हुन् ।

शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा खाखेको छ ।

यस अघि प्रहरीले आज विहान बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलाई केही घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*