प्रचण्ड–माधब समुहको हेटैंडामा राँके जुलुस (भिडियोसहित)

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको प्रचण्ड–माधब समुहका नेता तथा कार्यकताहरुले हेटैंडामा राँके जुलुस निकालेका छन् । प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा हेटौंडा–१० महालक्ष्मी बैक नजिकबाट नाराबाजी गर्दै राँके जुलुस निकालीएको हो ।
‘केपी तेरो. पाराले दुःख पायो सारले’, ‘केपी चोर देश छोड’ जस्ता नाराबाजी गर्दै हातमा राँको बोकेर मेनरोडमा निस्किएको जुलुस हेटौंडाको सीमा चोकमा पुगेर समापन भएको थियो ।
सिमा चोकमा जम्मा भएका नेता तथा कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सि नै परेको थियो । जुलुसमा बागमती प्रदेश सभाका सदस्यहरु सहित विद्यार्थी संगठनहरुको उपस्थिती रहेको थियो ।
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको थियो ।
आम हड्तालमा बजार, शिक्षण संस्था, यातायात लगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।
हेर्नुहोस् भिडियो: