शहिदको त्यागबाटै राज्यव्यवस्था परिवर्तन सफल भएको होः मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
१६ माघ २०७७, शुक्रबार ११:१४
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहिदहरुको त्याग, तपस्या र बलिदानबाट मुलुकमा राजनीतिक व्यवस्थाको परिवर्तन गरी गणतन्त्रसम्म आइपुगेको बताएका छन् । शुक्रबार शहिद दिवसको अवसरमा शहिद स्मारक विकास समितिद्वारा हेटौंडा उपमहानगरपालिका–११ मा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

शहिदहरुले जनताको मौलिक हकको प्रत्याभूर्ति दिलाउन र प्रजातन्त्रको सुदृढिकरण गर्न आफ्नो जीवन उत्सर्ग गरेको उनले बताए ।

उनले अब शहिद घोषणा गर्ने प्रकृयालाई संघीय सरकार र प्रदेश सरकारले पनि सम्मानको लागि छुट्टै नीति तर्जुमा गर्ने जानकारी दिए ।

उनले राष्ट्रमा अहिले दिगोशान्ति प्रदान गर्न र जनतालाई सरकारप्रति भरोसा दिलाउन प्रमुख दलहरुले नै आपसी वादविवाद नभई जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*