नेकपाको दुवै समूहलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षलाई छलफलका लागि कोलाएको छ । आयोगले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाएको हो ।
आयोगले भोली शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको हो ।
आयोगको पत्रमा उल्येख भए अनुसार अध्यक्षसहित अध्यक्षले तोकेका पाँच÷पाँचजना व्यक्ति उपस्थित हुन भनिएको छ ।
निर्वाचनको तयारीका विषयमा जानकारी गराउनका लागि दुवै पक्षलाई बोलाइएको आयोगले जनाएको छ ।
यसअघि, आयोगले दुवै समूहले गरेको पदाधिकारी हेरफेरको निर्णय अभिलेख गर्न नेकपाको विधानसम्मत नदेखिएको भन्दै अस्वीकार गरिसकेको छ ।