मोदीलाई प्रधानमन्त्री ओलीको विशेष धन्यवाद

हेटौडा न्युज
१४ माघ २०७७, बुधबार ११:३९
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिएका छन् । भारतले दिएको १० लाख डोज कोरोना खोपका लागि प्रधान्मन्त्री ओलीले मोदीलाई विशेष धन्यवाद दिएका हुन् ।

भारतमा कोरोना खोप लगाउने काम सुरु भएको १० दिनमा नै नेपालमा खोप लगाउने काम आजबाट सुरु भएको उल्लेख गर्दै उनले मोदीलाई विशेष धन्यवाद दिएका हुन् ।

वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोरोनाका कारण कम क्षति भएको बताए ।

उनले भने ‘दुनियँको तुलनामा हामीकहाँ क्षति कम भयो । पहिला कोरोना भाइरस देखा पर्दा हामीसँग एउटा पनि परिक्षण गर्ने स्थल थिएन तर अहिले हामीसँग ८२ स्थानमा कोरोना भाइरस परिक्षण गर्ने ठाउँ छ ।’

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई दिइने छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*