कांग्रेसले थप तीन दिन विरोध कार्यक्रम गर्ने

हेटौडा न्युज
१३ माघ २०७७, मंगलवार १६:२२
;

काठमाडौं । नेपाली कांग्रेसले थप तिन दिन आन्दोलनका कार्यक्रम गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले थप तीन दिन विरोध कार्यक्रम गर्ने भएको हो ।

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले माघ १९ गते भातृ संस्थाहरूले विरोध गर्ने, २४ गते शुभेच्छुक संस्थाको तर्फबाट विरोधका कायैक्रम गर्ने जनाइएको छ ।

कांग्रेसले माघ २७ गते भने ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकको निर्णय केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । अहिले केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*