प्रचण्ड–माधब समूहको आन्दोलन तेस्रो चरणमा

हेटौडा न्युज
१२ माघ २०७७, सोमबार १२:२१
;

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषण गरेको छ । पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै सो समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिका अनुसार माघ १३ देखि २८ गतेसम्मका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राख्ने प्रवक्ता श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*