अविश्वासको प्रस्तावको प्रकृयासंगै कांग्रेसको भुमिका निश्चित हुने

हेटौडा न्युज
९ माघ २०७७, शुक्रबार १५:०९
;

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढीसकेपछि मात्र आफ्नो भुमिका निश्चित गर्ने बताएका छन् । आज बसेको बागमती प्रदेश सभा बैठक सकिएलगत्तै प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

नेता बानियाँले मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रकृया अगाडी बढेसंगै कांग्रेसले कुन भुमिका निर्वाह गर्ने भन्ने विषयमा निश्चित हुने बताए ।

गएको पुस १० गते नेकपा प्रचण्ड–माधव पक्षका ४५ जना सदस्यहरुले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बागमती प्रदेशमा मुख्यमन्त्री पौडेललाई नै सत्तामा टिकाउन वा प्रचण्ड–माधव पक्षको नेकपाकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार बनाउन कांग्रेसको अनिवार्य सहयोग आवश्यक पर्ने देखिन्छ ।

तर कांग्रेसको अलमलका कारण सत्ता समिकरणमा देखिएको अन्यौलता भने कायमै छ ।

प्रदेश सभामा प्रचण्ड–माधव पक्षको ४७, केपी ओली पक्षको ३४, नेपाली कांग्रेसको २२, साझा विवेकशील नेपाली दलको ३ राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २ र १ स्वतन्त्र गरी ११० जना प्रदेश सभा सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*