ओली समुहको प्रेस संगठनको भेला आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ । संगठनले आज आफ्नो दोस्रो राष्ट्रिय भेला राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरेको हो ।
बिहान ११ बजे कार्यक्रम राखिएको संगठनले जनाएको छ ।
भेलालाई आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सो कार्यक्रममा देशभरिबाट सहभागी हुन आउन पनि अपिल गरिएको छ ।