बागमती प्रदेशसभा बैठक अनिश्चित कालका लागि रोकियो

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्तगित भएको छ । करीब ६ महिना पछि आजशुरु भएको प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
प्रदेश सभाको ७ औं अधिबेशनको पहिलो बैठक केहीबेर सञ्चालन भएर स्थगित भएको हो । बैठक सुरु भएको केहिबेरमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।
आजको सातौं अधिवेशनमा मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, नेकपाकी सांसद अष्टलक्ष्मी शाक्य, राप्रपाकी रिता माझी, रिना माझी, विवेकशीलका रमेश पौडेल, नेमकिपाका सुरेन्द्र गोसाईले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
बागमती प्रदेशमा गत पौैष १० गते मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारका ३ मन्त्रीले सोहि दिन राजिनामा दिइसकेका छन् । अविस्वास्को प्रस्ताव माथि निर्णय गर्न कार्यविधि बनाउने गरी कार्यविधि समिति गठन गरीएको छ ।
आफूमाथि परेको अविश्वासको प्रस्तावलाई सम्मान गर्दै त्यसको सामना गर्ने मुख्यमन्त्री पौडेलले बताउँदै आएका छन् ।
प्रदेशमा ११० प्रदेशसभा सदस्य छन्। जसमा नेकपाका ८० जना छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन्।
बहुमतका लागि ५६ जना आवश्यक पर्छ।