कांग्रेसलाई सरकारमा जान हतार छैनः नेता बानियाँ

हेटौडा न्युज
७ माघ २०७७, बुधबार १७:१९
;

मकवानपुर । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । उनले आज बसेको बागमती प्रदेश सभाको बैठकमा बोल्दै कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका हुन् ।

‘हामीलाई सरकारमा जान हतार छैन। तपाईंहरू नै मिल्नुस्।’ नेता बानियाँको भनाई थियो ।

नेकपाका दुई समूहभित्रै द्वन्द्व भएकाले निकास पनि नेकपाले खोज्नुपर्ने प्रमुख प्रतिपक्ष कांग्रेसको जोड छ । बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि कांग्रेसले यस्तो धारणा व्यक्त गरेको हो।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठक बुधबारबाट सुरु भएको छ।

अविश्वासको प्रस्तावलाई छिटो निकास दिनेगरी प्रदेश सभाको प्रक्रियामा लान उनले सभामुखलाई आग्रह गरे। नेकपाले जनताको मतको अवहेलना गरेको उनले आरोप लगाए ।

संविधानले प्रतिनिधि सभा विघटनको परिकल्पना नगरेको तथ्य बानियँले प्रष्ट्याए।

जुनसुकै मूल्य चुकाएर पनि कांग्रेस संघीयता टिकाउन कटिबद्ध रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*