युग परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छः नेता के.सी

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिङ्ह केसीले नेपालको सबै युग परिवर्तनको दस्तावेजहरु नेपाली कांग्रेसको नेतृत्वमा बनेको बताएका छन् । नेपालमा हालसम्म जारी भएका सबै संविधानहरु नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारी गरेको उनले बताए ।
उनले २०१५ सालमा जारी भएको पहिलो निरङ्कुसता विरुद्धको लोकतन्त्र स्थापनाको संसदीय संविधान, २०४७ सालको संविधान र २०७२ सालको संविधान जारी गर्ने नेतृत्व कांग्रेसकै भएकोले अब फेरी देशको नेतृत्व कांग्रेसले नै गर्ने र देशलाई दुर्धटनाबाट जोगाउने बताए ।
अहिलेको सरकारको मनपरीतन्त्रको विरुद्ध जनताको माझबाट आवाज उठाउँदै आएको बताउँदै आवश्यक परेका ताजा जनआदेशका लागि नेपाली जनताको बिचमा उभिएको, बढेको र ३/४ वटा परिवर्तनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेस चुनावमा जान तयार रहेको उनको भनाइ थियो ।
कम्युनिष्ट नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै गत वर्षको तुलनामा देशमा ५८ प्रतिशत भ्रष्टाचार वृद्धि हुनु लज्जास्पद भएको र देशका संवैधानिक अंगहरुका प्रमुखहरुको नाम मुछिने खालका घटनाले प्रष्ट पारेको उनले बताए ।