प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध एकजुट बनौं: पुलामी

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर सचिब प्रेम बहादुर पुलामिले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको बिरुद्ध एकजुट भइ संघर्षमा जुट्न कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । नेकपा प्रचण्ड–माधव समुहको इन्द्रसरोबर गाउँपालिकाको बिस्तारित बैठकमा बोल्दै पुलामिले प्रधानमन्त्री केपि शर्मा ओलीमा सन्काहा प्रबृत्ति हावी भएकोले उनको पतन निश्चित भएकोले बताएका हुन् ।
कार्यक्रममा नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख बद्री लम्सालले प्रधानमन्त्रीको असंवैधानिक कदम पश्चात् केहि व्यक्ति पलायन हुन खोजेको बताए ।
आधिकारिक नेकपा प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टि नै भएकोले कसैलाइ भ्रममा नपर्न समेत उनले अनुरोध गरे ।
नेकपा इन्द्रसरोबर गाउ कमिटि अध्यक्ष ऋषिराम पुडासैनीको अध्यक्षतामा भएको बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा इन्द्रसरोब गाउँपालिका इन्चार्ज रामचन्द्र बल, जिल्ला सदस्य तथा सह इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य जीवन लामा लगायतले मन्तव्य राखेका थिए ।