बागमती प्रदेशसभा बैठक माघ ७ गते बस्ने

हेटौडा न्युज
२० पुष २०७७, सोमबार ०८:५७
;

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी माघ ७ गते आह्वान गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सभाको सातौं बैठक माघ ७ गते दिनको ३ बजे बस्ने गरी आह्वान गरेका हुन् ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को गत पुस १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशसभाको बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरे अनुसार, प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, प्रदेशसभाको छैठौं बैठक गत साउन ८ गते राति १२ बजे अन्त्य भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*