बागमती प्रदेशसभा बैठक माघ ७ गते

हेटौडा न्युज
१७ पुष २०७७, शुक्रबार १२:५२
;

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ गते बस्ने भएको छ । शुक्रबार बसेको बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी माघ ७ गते प्रदेश सभा आह्वान गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकलले माघ ७ गते प्रदेश सभा बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भइसकेको छ । माघ ७ गतेको प्रदेश सभा बैठकमा सो अविश्वासका प्रस्तावक सांसद शालिकराम जम्कट्टेलले सभामा प्रस्ताव पेश गर्नेछन् ।

त्य लगतै बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । यदि मुख्यमन्त्री पौडेलले विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुनेछन् ।

यसघि बागमती प्रदेशका ३ जना मन्त्रीले सामुहिक राजिनामा दिइसकेका छन् । राजिनामा पछि प्रहेशको सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रा लय मन्त्री बिहीन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*