खुमलटार पुगे वामदेव

हेटौडा न्युज
१७ पुष २०७७, शुक्रबार १२:११
;

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम खुमलटार पुगेका छन् । पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेता गौतम खुमलटार पुगेका हुन् ।

गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् ।

नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् ।

प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*