विप्लव र वैद्य एउटै मोर्चामा

हेटौडा न्युज
१४ पुष २०७७, मंगलवार १२:४८
;

काठमाडौं । पूर्वमाओवादी नेता मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई रणनीतिक संयुक्त मोर्चा गठन गरेका छन् । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमले चार पार्टीले रणनीतिक संयुक्त मोर्चा गठन गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कदमविरुद्ध चार पार्टीलाई एकै मोर्चामा ल्याएको छ ।

वैद्य र विप्लव दुवैले संविधानको विरोध गर्दै आएका छन् ।

विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कम्युनिस्ट पार्टी नेपालले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

चारवटै पार्टीले संसद् विघटन वैदेशिक शक्तिको आढ र भरोसामा भएको निष्कर्ष निकालेका छन् ।

देश र जनताको समस्या संसद् पुनःस्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

विप्लव नेतृत्वको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ भने उनी भूमिगत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*