संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा भएको सुनुवाईमा अदालतले कुनैपनि आदेश नदिएको हो ।
संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार सुनुवाईमा भएको थियो ।
इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएको छ । तर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।